७ बैशाख २०८१, शुक्रबार

‘सरकारको कारण सुसाइड नोट लेखेर आत्महत्या गर्ने दिन आउँदैछ’

प्रकाशित मिति :  1 July, 2022 7:35 pm


काठमाडौं । सरकारले ल्याएको बजेटका कारण उद्योगीहरुले आत्महत्या गर्ने दिन आउन लगेको उद्योगी किरण साख: ले बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको परिवर्तित राजस्व नीतिकोउपभोक्तामा प्रभाव विषयक नाफिज संवादमा साखले सरकारले बजेटमा ल्याएको कर नीतिको कारण उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।

उनले भने,“उद्योगीहरुले ऋण तिर्न नसकेर सुसाइड नोट लेखेर मर्न सक्ने अवस्था नआउला भन्न सकिँदैन । सरकारको ध्यान त्यसमा जानुपर्छ ।” अहिलेको बजेटले ५-६ व्यापारीलाई मात्र फाइदा पुगेको उनले बताए । “सरकारले सिमित व्यापारीलाई फाइदा पुग्ने गरि बजेट ल्याएको छ । यस बजेटले ५-६ ओटा उद्योगलाईमात्र फाइदा पुग्ने गरि बजेट भएकोले १५-१६ ओटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” उनले भने ।

सरकारले दिएको स्पन्ज आइरनले सिमित व्यक्तिलाई मात्र फाइदा भएकोले अरु स्टिल उत्पादकको भन्दा ४ रुपैँया सस्तो दिनको लागि उनले चुनौती दिएका छन् । “सरकारले स्पन्ज आइरनमा भन्सार दर र अन्त शुल्क छुट दिएको छ । हामीभ भन्दा ४ रुपैँया सस्तो दिएका छन्,” उनले भने,“ हामीले भन्दा भन्सार र अन्त शुल्क छुट पाएकाले पनि सस्तोमा दिएका छैनन् । यो सबै छुट कसले पाएको उपभोक्ताले पनि छुट पाएका छैनन् ।”



प्रतिक्रिया दिनुहोस !