७ बैशाख २०८१, शुक्रबार

स्याङ्जाको नुवाकोट गढीको मर्मत सम्भार गरेर व्यवस्थापन समितिलाई हस्तान्तरण

प्रकाशित मिति :  3 July, 2022 6:03 pm


काठमाडौं । नेपाली सेनाले स्याङ्जाको नुवाकोट गढीको मर्मत सम्भार गरेर हस्तान्तरण गरेको छ ।

गत चैत्र २४ गतेदेखि समरजीज गुल्मले फेदीखोला गाउँपालिका २ स्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको नुवाकोट गढीको मर्मत संभार, चौतारी पुनर्निर्माण, पुरानो टुँडिखेल पेरिमिटरमा जालीबार सहित गेट निर्माण गरेको हो ।

गुल्मले मर्मत सम्भार गरेपछि नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरका सेनापतिले उद्घाटन गरेर कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !