१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले संसदमा भने : अब त अति भयो

प्रकाशित मिति :  4 July, 2022 2:17 pm


काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा ओलीले सत्तापक्षका मन्त्री तथा सांसदहरु जथाभावी बोल्दै हिडेको हुनाले अब त अति भो भन्न बाध्य भएको बताए ।

आफ्नो नेतृत्वको सरकार ठीक तवरमा चलिरहेको समयमा संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो सरकारलाई ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अगाडि भने, ‘लोकतन्त्र, सुशासन, विकास र समुन्नतिको काम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अगाडि बढेका बेला सरकारका सम्बन्धमा एकजना सांसदले ‘इनफ इज इनफ’ भन्नुभएको थियो ।’

ओलीलले एसपीपीका बारेमा तत्कालीन सचिव र प्रधानसेनापतिसँग सोधपुछ गर्न अनुरोध गरेका छन् । एसपीपीका बारेमा आफू जानकार नभएको र सेनाले कूटनीतिक मर्यादा नाघेर अमेरिकी दुतावासलाई पत्राचार गरेको दाबी गर्दै ओलीले पूर्व प्रधानसेनापतिसँग सोधपुछ गर्न संसदमा अनुरोध गरेका छन् ।

संविधान जारी हुँदा को प्रधानमन्त्री र को रक्षा मन्त्री थियो आफूले भनिरहनु नपर्ने बताउँदै उनले तत्कालीन सचिवले झुटो बोलेको आरोप लगाएका छन् । उनले भने, ‘तत्कालीन सचिव अहिले त उहाँ, प्रधानमन्त्री र रक्षा मन्त्रीलाइ जानकारी गराएको थियो भन्ने झुट कुरा गरिरहनु भएको छ ।’



प्रतिक्रिया दिनुहोस !