१४ बैशाख २०८१, शुक्रबार

लघुवित्तहरूकाे कर्जा सापटी ३९ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  4 July, 2022 5:39 pm


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा सापटी ३९.१४ प्रतिशतले बढेको छ । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार २०७८ असार लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा सापट गत आर्थिक वर्षको तुलनामा ३९.१४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६५ अर्ब ५५ करोड पुगेको छ ।

राष्ट बैंकअनुसार अघिल्लो वर्ष कुल कर्जा सापट ११.७२ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६२ अर्ब ७२ करोड रहेको थियो । त्यसै गरी २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ८७.८३ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ९५ करोड पुगेको छ ।

समीक्षा अवधिमा कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात २.७२ प्रतिशत रहेको छ । निष्क्रिय कर्जाको अनुपात २०७७ असार मसान्तमा २.०२ प्रतिशत रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !