४ पुस २०८२, शुक्रबार

११ लघुवित्तको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा बढी

प्रकाशित मिति :  4 July, 2022 5:37 pm


काठमाडौं । ११ वटा लघुवित्तको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा बढी देखिएको छ ।

२०७८ असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको औषत निष्कृय कर्जा अनुपात २.७२ प्रतिशत रहेपनि ११ वटा लघुवित्तको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा बढी रहेको देखिएको हो ।

सबैभन्दा बढी बुद्ध ज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८१ प्रतिशत निष्कृय कर्जा देखिएको छ । त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.३२, बिपिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.८५,यूनिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.४५,नेष्डो लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.९७,सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.८६,कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.२०,सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.८८ निष्कृय कर्जा अनुपात देखिएको छ ।

त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.८१,नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६० तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.०७ निष्कृय कर्जा अनुपात देखिएको छ । ५ प्रतिशतभन्दा बढी निष्कृय कर्जा अनुपात भए राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्नेछ ।



प्रतिक्रिया दिनुहोस !