१४ बैशाख २०८१, शुक्रबार

लघुवित्तहरुले एक वर्षमा कमाए ११ अर्ब ८७ करोड रुपैयाँ

प्रकाशित मिति :  4 July, 2022 5:58 pm


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा एक वर्षमा १४६ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लघुवित्तहरुको मुनाफा १४६ प्रतिशतले झण्डै १२ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ असार मसान्तमा लघुवित्तहरुको खुद मुनाफा बढेर ११ अर्ब ८७ करोड पुगेको छ ।

२०७८ असार मसान्तमा ब्याज आम्दानी रु.४५ अर्ब २४ करोड, ब्याज खर्च रु.१८ अर्ब १५ करोड र संचालन आम्दानी रु.४१ अर्ब ५८ करोड रहेको छ ।

लघुवित्तहरुकाे २०७७ असार मसान्तमा खुद मुनाफा ४ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो जसमध्ये व्याज आम्दानी रु.४० अर्ब ७४ करोड, खुद व्याज खर्च रु.२१ अर्ब ५२ लाख र संचालन आम्दानी रु.२३ अर्ब ४४ करोड रहेको राष्ट बैंकको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !