१२ बैशाख २०८१, बुधबार

बैंकहरुको निक्षेप बढ्यो, कर्जा प्रवाह घट्यो

प्रकाशित मिति :  4 July, 2022 6:49 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम जारी रहेको छ । असार मसान्तमा राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशत भन्दा तल पुर्याउन निर्देशन दिएसँगै निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाह घट्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा असार एकै दिन ९ अर्ब रुपैँया निक्षेप थपिएको छ । नौ अर्ब रुपैँया निक्षेप थपिए सँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २९ अर्ब रुपैँया पुगेको छ । यस मध्ये वाणिज्य बैंकको मात्र ४४ खर्ब ४० अर्ब रुपैँया पुगेको छ । वाणिज्य बैंकमा एकैदिनमा ८ अर्ब रुपैँया निक्षेप थपिएको हो ।

बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा प्रवाह भने २ अर्ब रुपैँयाले घटेको छ । कर्जा प्रवाह भने वाणिज्य बैंकको मात्र २ अर्ब रुपैँयाले घटेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात पनि ९० प्रतिशभन्दा तल आएको छ । राष्ट्र बैंकका अनुसार सिडी रेसियो ८८.६३ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !