१३ बैशाख २०८१, बिहिबार

पेट्रोलमा २ र डिजेल ९ रूपैयाँले मूल्य वृद्धि, ग्याँसमा यथावत

प्रकाशित मिति :  4 July, 2022 10:16 pm


काठमाडाैं ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा २ र डिजेल ९ रूपैयाँले मूल्य बढाइएकाे छ ।

सोमबार राती १२ बजेदेखि लागू हुने गरी मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरिएकाे हाे ।

पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ । ग्याँसकाे भने यथावत राखिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !