रामेछापमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु
प्रकाशित मिति : 5 July, 2022 11:56 am
काठमाडौं । रामेछापमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
सुनापति गाउँपालिका–५ खनियापानीमा बा.३ ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटना हुँदा अन्य २१ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
सुनापति गाउँपालिकाको हिलेदेवीबाट काठमाडौंतर्फ आउँदै गरेको बस लुभुघाटमा दुर्घटना भएको हो ।








