अर्थमन्त्री पदबाट जनार्दन शर्माको राजीनामा
प्रकाशित मिति : 6 July, 2022 4:32 pm
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेर छानबिन गर्न संसदीय विशेष समिति बनेपछि अर्थमन्त्री शर्माले संसदमा सम्बाेधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।






