प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ खर्च हुने अनुमान
प्रकाशित मिति : 6 July, 2022 5:52 pm
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव मंसिर २ गते शुक्रबार एकै चरणमा गर्ने प्रस्ताव गर्दै १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया तथा अन्य आयुक्तहरू भेटेर चुनावको मितिको प्रस्ताव तथा खर्चको सुझाव दिएका हुन् ।
आयोगले स्थानीय तहको चुनावमा ७ अर्ब ८० रुपैयाँ करोड खर्च भएको र संघ तथा प्रदेशको चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको हो ।








