१ पुस २०८२, मंगलबार

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी टेकप्रसाद राई

प्रकाशित मिति :  7 July, 2022 4:05 pm


काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् ।

यसअघिका प्रवक्ता एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् ।

राई केही समयअघि डीआईजीमा बढुवा भएर महानिरीक्षक (आईजीपी)को सचिवालयमा पदस्थापन भएका थिए । राईले पत्रकारितामा स्नातकोत्तर समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !