५ जेष्ठ २०८१, शनिबार

भारतले गहुँको पिठो, मैदा लगायत अन्य उत्पादनको निर्यातमा प्रतिबन्ध लगायो

प्रकाशित मिति :  7 July, 2022 5:36 pm


काठमाडौं । भारतले गहुँ पछि गहुँको पिठो र मैदा निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारत सरकारले बिहीबार गहुँको पिठो र अन्य उत्पादनको निर्यातमा प्रतिबन्ध लगाउने ढाँचा स्वीकृत गरेको छ।

यही असार २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारतबाट पिठोबाहेक मैदा, समोलिना (रवा/सिर्गी), होलमिल पिठो र रिजल्टेट पिठो निकासीका लागि अन्तरमन्त्रालयीय समितिबाट स्वीकृति लिनुपर्ने सूचनामा स्पष्ट पारिएको छ। अब समितिको स्वीकृति पाएपछि मात्रै यी उत्पादन भारतबाट निकासी गर्न सकिनेछ।

गहुँको पिठोको गुणस्तरका लागि आवश्यक व्यवस्था गर्न छुट्टै सूचना जारी गरिने सूचनामा उल्लेख गरिएको भारतीय संचारमाध्यामले जनाएका छन् ।

गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !