१ पुस २०८२, मंगलबार

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा

प्रकाशित मिति :  7 July, 2022 7:29 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा चयन भएका छन् ।

आजको केन्द्रीय समिति बैठकले दुई उपाध्यक्षको नाम टुंग्याएको हो । बैठकपछि महराले उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र आफ्नो नाम टुंगिएको जानकारी दिए । अन्य पदाधिकारी नाम भने पछि छलफल गरेर टुंगाइने भएको छ । बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ जना स्थायी कमिटी गठन गरेको छ ।

४१ जना स्थायी समिति मध्य १५ जना यसअघिकै स्थायी कमिटी सदस्य रहने र बाँकीको नाम पछि टुंग्याउने पार्टीं प्रवक्ता समेत रहेका महराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !