५ जेष्ठ २०८१, शनिबार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथी गोली प्रहार

प्रकाशित मिति :  8 July, 2022 9:15 am


काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथी गोली प्रहार भएको छ ।

गोली प्रहारपछि उनलाई अस्पताल पुराइएको छ । उनको छातीमा गोली लागेको र रगत बगिरहेको देखिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

उनलाई अस्पताल पुराइएका छ भने गोली प्रहारपछि आबे अचेत बनेको समाचारमा उल्लेख छ । जापानको नारा शहर एउटा कार्यक्रममा आबेमाथि गोली प्रहार भएको छ । दुईपटक गोलीको आवाज सुनिएको र आबेको छातिबाट रगत बगिरहेको देखिएको समाचारमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !