५ जेष्ठ २०८१, शनिबार

गाेली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो अवेको निधन

प्रकाशित मिति :  8 July, 2022 2:42 pm


काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ ।

आज बिहान गोली प्रहारबाट घाइते भएका अवेको उपचारका क्रममा अस्पतालमा निधन भएको जापानको समाचार संस्था एनएचकेले जनाएको छ ।

अवे दोस्रो विश्वयुद्धपछिका शक्तिशाली प्रधानमन्त्री थिए । जापानको नारा शहरमा चुनावी कार्यक्रममा सम्बोधन गरिरहेका बेला अवेमाथि गोली प्रहार भएको थियो ।

आवे दुई पटक जापानका प्रधानमन्त्री भएका थिए । उनका हजुरबुवा सन् १९५७ देखि १९६० को बीचमा प्रधानमन्त्री भएका थिए भने बुवाले समेत बिदेशमन्त्रीका रुपमा काम गरेका थए । अवे दोस्रो विश्वयुद्धपछि जापानका प्रभावशाली नेता मानिन्थे ।



प्रतिक्रिया दिनुहोस !