लुम्बिनी प्रदेशमा संघ र प्रदेश तथा स्थानीय तहको साझा अधिकारको सूची कार्यान्वयनबारे छलफल
रुपन्देही । लुम्बिनी प्रदेशमा संघ, प्रदेश तथा स्थानीय तहको साझा अधिकारको सूचीको बारेमा प्रदेश स्तरीय छलफल भएको छ ।
छलफलमा संघ, प्रदेश र स्थानीय तहले साझा अधिकारको कार्यन्वयनको गर्दा आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गरेमा संघीयतालाई बलियो बनाउने सकिने धारणा राख्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकाका प्रमुख सचिव डिल्लीराम शर्माले संघीयतालाई बलियो बनाउनका लागि कर्मचारी प्रशासन र अन्य अधिकारको संविधानमा प्रष्टरुपमा लेखिनु पर्ने बताए । उनले संघीयतालाई बलियो बनाउने हो भने स्थानीयलाई प्रदेश सरकारप्रति र प्रदेशलाई संघप्रति जवाफदेहिता बनाउनुपर्नेमा जोड दिए ।
हाल संघीयताको मोडेलमा प्रदेशतहको भूमिकालाई बलियो बनाउनुपर्ने बताउँदै संघले सिधै स्थानीयतहमा जादाँ प्रदेश सरकार बलियो नहुने धारणा उनको थियो ।
लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरुले प्रदेश कतिपय अधिकारहरु बाझिन आएकाले अझै स्पष्ट गर्नुपर्नेमा जोड दिए । अधिकारको क्षेत्रलाई साझा बनाउने नाममा काम गर्न कठिनाई भएको उनीहरुको भनाई थियो ।
हालसम्म प्रदेश, संघ र स्थानीयतहका अधिकारको क्षेत्रहरु स्पष्ट नहुँदा कार्यन्वयनमा समस्या परेको सचिवहरुको भनाई थियो । खानी उत्खनन्, संरक्षण नदि जन्य पदार्थ लगायतका क्षेत्र विषयमा अधिकार क्षेत्र स्पष्ट गर्नुपर्ने सहभागिको जोड थियो ।






