३ पुस २०८२, बिहिबार

डिभिजन वन कार्यालय,चितवनका तत्कालीन रेञ्जर गौतम विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  8 July, 2022 3:13 pm


काठमाडौं । डिभिजन वन कार्यालय,चितवनका तत्कालीन रेञ्जर जगदिप गौतम विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, चितवनका कर्मचारी अनुसन्धान अधिकृत गौतम विरुद्ध रु. १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

गौतमले विना इजाजत साल चिरान काठ ओसार पसार मुद्दामा सेवाग्राहीसँग घुस लिएको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !