कार दुर्घटनामा पोलिटब्युरो सदस्य घर्ती, पूर्वमन्त्री शेर्पासहित ४ जना घाईते
प्रकाशित मिति : 8 July, 2022 4:58 pm
काठमाडौं । नेकपा एमालेका नेताहरु चढेको कार दुर्घटनामा परेको छ ।
एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा भाग लिन जाने क्रममा सिन्धुलीको भिमानमा भएकाे दुर्घटनामा पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई घाइते भएका छन् ।
उनीहरुको अवस्था खतरामुक्त रहेको र प्राथमिक उपचारपछि काठमाडौं ल्याएने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।








