मल अभाव,पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि लगायतको विरुद्वमा मसाल जुलुस प्रर्दशन
प्रकाशित मिति : 9 July, 2022 9:03 pm
काठमाडौं । अखिल नेपाल किसान महासंघले रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि, बढ्दो महंगी लगायतका विरुद्धमा मसाल जुलुस प्रर्दशन गरको छ ।
नेकपा एमाले निकट महासंघले बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि कारबाहीको माग गरेको छ ।
काठमाडौंमा नयाँ बनेश्वर र देशका विभिन्न जिल्लामा मसाल जुुलुस प्रर्दशन गरिएको महासंघका उपमहासचिव बाबुराम थापाले जानकारी दिए । मसाल जुलुसका क्रममा प्रहरीले कतिपय ठाउँमा हस्तक्षेपको प्रयास गरेको थियो ।








