६ जेष्ठ २०८१, आइतबार

पछिल्लो ११ महिनामा व्यापार घाटा १५७७ अर्ब ३९ करोड रुपैयाँ

प्रकाशित मिति :  11 July, 2022 6:14 pm


काठमाडौ । जेठ महिनासम्म कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. २०० अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १७३ अर्ब २६ करोड बराबरको भएको थियो ।

गत वैशाख महिनामा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले वृद्धि भएर १४३१ अर्ब ३० करोड पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !