६ जेष्ठ २०८१, आइतबार

पछिल्लो ११ महिनामा ६० अर्ब रुपैयाँको तरलता प्रशोचन

प्रकाशित मिति :  12 July, 2022 1:32 pm


काठमाडौं । पछिल्लो ११ महिनामा नेपाल राष्ट बैंकले ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत रु.४५० अर्ब १ करोड, सोझै खरिद उपकरणमार्फत रु.५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधा मार्फत रु.८०७६ अर्ब १७ करोड गरी कारोवारको आधारमा कुल रु.८५८२ अर्ब १० करोड तरलता प्रवाह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !