६ जेष्ठ २०८१, आइतबार

‘पार्टीलाई संगठित तथा संस्थागत गर्ने हुटहुटी मूल नेतृत्वमा देखिएन’ (पूर्णपाठ)

प्रकाशित मिति :  12 July, 2022 2:31 pm


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताका ३ वर्ष फलदायी नभएको भन्दै उपेन्द्र यादवको आलोचना गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित आफूपक्षीय केन्द्रीय कार्य समिति बैठकमा ‘पार्टी पुनर्गठनको औचित्य र कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले एकलौटी गर्न खोजेकोे उल्लेख गरेका छन ।

‘पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम नगरिएको होइन, तर कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता देखिएन’, उनले प्रतिवेदनमा भनेका छन्, ‘कांग्रेस, कम्युनिष्टजस्ता परम्परावादी दलको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो। तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो।’

अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका भट्टराईले त्यहाँ आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्

‘पार्टी एकताका ३ वर्ष किन फलदायी भएनन्? पार्टीभित्र के कस्तो समस्या आयो र त्यो गतिरोधमा पुग्यो? किन एकतापछिको एक आम चुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन?’, उनले सोधेका छन्, ‘यसमा कसको, कुन पक्षको के कस्तो भूमिका रह्यो? आज हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौँ? यसको गम्भीर समीक्षा हुनु पर्ने देखिन्छ।’

देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै नदेखिएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उक्त प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

दस्तावेजको पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस !