६ जेष्ठ २०८१, आइतबार

एसईईको नतिजा साउनको पहिलो सातामा हुने

प्रकाशित मिति :  12 July, 2022 2:57 pm


फाइल तस्बिर।

काठमाडौं । यस वर्षको एसइईको नतिजा साउनको पहिलो साता सार्वजनिक भएको छ । माध्यामिक शिक्षा परिक्षा (एसईई)को उत्तरपूस्तिकाहरु केन्द्रमा ल्याउन ढिला भएको हुनाले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्न केहि ढिला अर्थात साउनमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । असार मसान्तभित्र गर्ने भनेर तयारी थालेपनि उत्तरपुस्तिका समयमै संकलनमा नहुँदा नतिजा सार्वजनिक गर्न पनि ढिला भएको परीक्षा नियन्त्रक अर्जुन राजयमाझीले जानकारी दिए ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षा संचालन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !