६ जेष्ठ २०८१, आइतबार

मंगलबार ११ अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति :  12 July, 2022 4:57 pm


काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सेयरबजारमा हरियाली छाएको छ । आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.०९ अंकले बढेर ३६८.९५ अंकमा पुगेको छ ।
नेप्सेमा आज अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा अरूण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ९५ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ ।
आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ४.६५ प्रतिशतले घटेको छ ।
कूल २२६ वटा कम्पनीको ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !