६ जेष्ठ २०८१, आइतबार

नेपाली कांग्रेसको बरियताक्रममा प्रदेश सभापतिको असन्तुष्टि

प्रकाशित मिति :  12 July, 2022 5:20 pm


काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा पेश भएको मस्यौदामा वरियताक्रमको प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।

कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्य तल पारिएको छ ।

यही कारण सात वटै प्रदेशका सभापतिहरू लिखित रूपमा आफ्नो आपत्ति तयार पारेको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।

उनले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनी र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !