६ जेष्ठ २०८१, आइतबार

राष्ट्र बैंकका गभर्नरलाई कारवाही गर्न माओवादी केन्द्रको माग

प्रकाशित मिति :  13 July, 2022 12:08 pm


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्न माग गरेको छ ।

गर्भनर अधिकारी नेकपा एमालेको विभागीय सदस्य भएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माओवादीका सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने क्रममा माओवादी सांसदहरू रेखा शर्मा, अमृता थापा, अन्जना विशंखेलगायतले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका हुन् ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !