१२ श्रावण २०८१, शनिबार

तत्काल राहतको प्याकेज घोषणा गर्न सरकारलाई कांग्रेस सभापति देउवाको आग्रह

प्रकाशित मिति :  27 March, 2020 4:41 pm


काठमाण्डौं, १४ चैत ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल राहतको प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी सभापति देउवाले लकडाउनले विभन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई मध्यनजर गर्दै तत्काल राहतको प्याकेज घोषणाका साथै कार्यान्वयनमा गर्न सरकारलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘दैनिक ज्यालादारीमा निर्भाह गरिरहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुनेगरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्छु । दिनभर काम गरेर खाने वर्गलाई लकडाउनले निकै असर पुर्याएको छ।’

सभापति देउवाले कम आय भएका श्रमिक, कर्मचारी, बेरोजगार युवा तथा राजधानीलगायतका शहरमा बस्ने विद्यार्थीकालाई राहत पुग्ने गरी योजनाका साथ कार्यक्रम निर्माण गर्न आग्रह गरेका छन् ।

लकडाउनका कारण सबै व्यवसाय बन्द भएको भन्दै २० लाखसम्म ऋिण लिएको ब्याज मिनाहा गर्न पनि देउवाले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !