२५ बैशाख २०८१, मंगलबार

सेयरबजारमा हरियाली, नेप्सेमा ५९ अंकको उछाल

प्रकाशित मिति :  13 July, 2022 4:02 pm


काठमाडौं । केही दिनपछि सेयरबजारमा आजपनि हरियाली छाएको छ । पछिल्लो समय सेयरबजारसँग नकरात्मक देखिएका गर्भनर महाप्रसाद अधिकारी विवादित बनेपछि गर्भनर बाहिरिन्छ कि भन्ने हल्लाले लगानीकर्ता केही सकरात्मक बनेको जानकारहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेको र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेको हल्ला गरिएपनि पुष्टि हुन सकेको छैन् यही विषयलाई लिएर चौतफी गर्भनरले राजीनामा दिनुपर्ने माग उठ्दै आएको छ ।
लगानीकर्ताहरुले गर्भनर अधिकारी बाहिरिएपछि सेयरबजार मैत्री गर्भनर आउछन् र बजारमा केही राहत महशुस होला भन्ने झिनो आशा राखेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १२.४२ अंकले बढेर ३८१.३७ अंकमा पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड २ लाख ९५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ९८ रूपैयाँ २० पैसामा झरेको छ ।
कूल २२५ वटा कम्पनीको ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !