२५ बैशाख २०८१, मंगलबार

नेपाली कांग्रेसकी पुष्पा भुसालद्वारा उपसभामुखमा मनोनयन दर्ता

प्रकाशित मिति :  14 July, 2022 12:13 pm


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । आजदेखि सुरु भएको उपसभामुखको निर्वाचन प्रक्रियामा संसद सचिवालय पुगेर भुसालले मनोनयन दर्ता गरेकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् ।

यो संसदको कार्यकाल करिब चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !