१२ श्रावण २०८१, शनिबार

३८ लाख घरेलु ग्राहकलाई चैतको विद्युत महसूल छुट

प्रकाशित मिति :  27 March, 2020 6:18 pm


काठमाण्डौं, १४ चैत । 

सरकारले दिने निर्णय गरेको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनको अध्यक्षता बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले १ सय ५० युनिटसम्म सबै ३८ लाख घरेलु ग्राहकलाई चैत महिनाभरीको महसुल छुट दिने निर्णय गरेको हो । उर्जामन्त्री पुन प्राधिकरणको अध्यक्ष पनि हुन् ।

प्राधिकरणले २० प्रतिशत महसुल छुट दिने छ । उजामन्त्री पुनले यो निर्णयले विद्युतीय चुल्हो लगायतका सामाग्री प्रयोगमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् ।

पुनले भनेका छन्,‘ यसबाट एकातिर विद्युतीय चुल्हो लगायतको सामाग्रीमा प्रोत्साहन मिल्नेछ भने अर्कोतिर जनतालाई यो अवस्थामा थोरै भएपनि राहत हुनेछ ।’

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो प्रयोगको प्रोत्साहन गर्न विद्युत महसुल र भन्सार महसुल छुट दिने गरि व्यवस्था मिलाउने हिजो निर्णय गरेको थियो । निर्णय लगत्तै उर्जामन्त्रालय कार्यान्वयनमा गएको हो ।

मन्त्रालयले हिजो मात्रै इन्डक्सन प्रयोगमा प्रोत्साहन बढाउनका लागि २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो ।

ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।



प्रतिक्रिया दिनुहोस !