२५ बैशाख २०८१, मंगलबार

सरकारी निकायको बेरुजु ५ अर्बले बढ्यो

प्रकाशित मिति :  14 July, 2022 2:56 pm


काठमाडौं । यस वर्ष सरकारी निकायको बेरुजु बढेको छ । महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत वर्षको तुलनामा यस वर्षको बेरुजु ५ अर्ब रुपैयाँले बढेको छ ।

गत वर्ष ४४ अर्ब ३९ करोड २० लाख बेरुजु रहेकोमा यस वर्ष ५ अर्ब ९ करोड ४० लाख रुपैयाँ बढेर बेरुजु ४९ अर्ब ४७ करोड ७ लाख रुपैयाँ पुगेको महालेखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

सोमध्ये रू.२६ अर्ब ३७ करोड ४९ लाख असुल गर्नुपर्ने रू.५ अर्व २१ करोड ७७ लाख अनियमित देखिएको, रू.१३ अर्ब ४२ करोड २० लाख प्रमाणका कागजात पेस नभएको रू.१६ करोड ३८ लाख शोधभर्ना नलिएको र रू.४ अर्ब २९ करोड २३ लाख पेश्की बेरुजु देखिएको छ ।

त्यस्तै अतिरिक्त राजस्व बक्यौता रू. ३ खर्ब १२ अर्ब ६१ करोड ६ लाख र शोधभर्ना हुन बाँकी वैदेशिक अनुदान र ऋण क्रमशः रू.११ अर्ब ५६ करोड़ ९८ लाख र रू.१२ अर्ब ३६ करोड ९१ लाख रहेकोले असुल फस्यौट गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !