३ पुस २०८२, बिहिबार

स्याङ्जाका स्थानीय तहको बेरुजु २६ करोड, कुन पालिकाको कति ?

प्रकाशित मिति :  15 July, 2022 12:19 pm


काठमाडौं । स्याङ्जाको स्थानीय तहमा आर्थिक वर्ष २०७७ र ७८ मा २६ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका एघार पालिकाको बेरुजु २६ करोड ४ लाख १७ हजार रुपियाँ पुगेको हो।

जिल्लाका एघार स्थानीय तहको १४ अर्ब ७ करोड ९२ लाख ५७ हजारको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा १.८५ प्रतिशत बेरुजु देखिएको छ ।

रकमको आधारमा नगरपालिकामा सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिकामा देखिएको छ भने सबैभन्दा कम भीरकोट नगरपालिकामा देखिएको छ ।

गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड १४ लाख ६३ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ४१ लाख २८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

चापाकोट नगरपालिकामा एक अर्ब ३५ करोड ५९ लाख ६५ हजारको लेखापरीक्षण गर्दा तीन करोड ५१ लाख ५२ हजार बेरुजु देखिएको छ । त्यसैगरी पुतलीबजार नगरपालिकामा दुई अर्ब ३ करोड ९१ लाख १३ हजारको लेखापरीक्षण गर्दा ४ करोड ७१ लाख ५८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भीरकोट नगरपालिकामा एक अर्ब १८ करोड २३ लाख ४७ हजारको लेखापरीक्षण गर्दा १ करोड ३२ लाख ३६ हजार बेरुजु देखिएको छ । वालिङ नगरपालिकामा एक अर्ब ९७ करोड ११ लाख ५३ हजारको लेखापरीक्षण गर्दा २ करोड ३९ लाख ७१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु फेदीखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा देखिएको छ ।

अर्जुन चौपारी गाउँपालिकामा ७७ करोड ७६ लाख ५४ हजारको लेखापरीक्षण गर्दा १ करोड ७६ लाख ५ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी आँधीखोला गाउँपालिकामा एक अर्ब ५ करोड ८७ लाख ५२ हजारको लेखापरीक्षण गर्दा एक करोड ३२ लाख ५५ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कालीगण्डकी गाउँपालिकामा १ अर्ब १७ करोड ७४ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ५३ लाख १५ हजार बेरुजु देखिएको छ । त्यसैगरी फेदीखोला गाउँपालिकामा ९१ करोड २५ लाख २५ हजारको लेखापरीक्षण गर्दा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विरुवा गाउँपालिकामा ९७ करोड ९१ लाख ३० हजारको लेखापरीक्षण गर्दा दुई करोड १९ लाख २ हजार बेरुजु देखिएको छ । हरिनास गाउँपालिकामा ८३ करोड ३६ लाख ५७ हजारको लेखापरीक्षण गर्दा ६३ लाख ४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !