आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ०.०२ अंकले घटेर ३८५.९३ अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
त्यसैगरी, आइतबार कारोबारका आधारमा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ४ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त फण्डको मूल्य ९.७८ प्रतिशतले घटेको छ ।
कूल २१० वटा कम्पनीको ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








