६ जेष्ठ २०८१, आइतबार

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुषालले सपथ लिइन्

प्रकाशित मिति :  17 July, 2022 5:32 pm


काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुषाल गौतमले सपथ लिएकी छन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसालले शुक्रबारको निर्वाचनमा एमालेकी विद्या भट्टराईलाई पराजित गरेकी हुन्।



प्रतिक्रिया दिनुहोस !