५ जेष्ठ २०८१, शनिबार

भीरकोट नगरपालिकाले ल्यायो आफ्नै पाठ्यपुस्तक

प्रकाशित मिति :  17 July, 2022 5:39 pm


रबि थापा-

स्याङ्जा । स्थानीय तहको पाठ्यपुस्तक हाम्रो भीरकोट आजबाट भीरकोटका विद्यालयमा वितरण गरिएको छ । भीरकोट नगरपालिकाका सम्पूर्ण विद्यालयमा आजबाट ‘हाम्रो भीरकोट’ पाठ्यपुस्तक वितरण कार्य गरिएको भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसीले बताए ।

प्राविधिको कारण पाठ्यक्रम छपाईँमा ढिला भएको र अहिले उक्त पाठ्यक्रम भीरकोटका सम्पूर्ण विद्यालयमा नि शुल्क वितरण गरेको केसीले जानकारी दिए ।

केसीले भने, “कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीलाई उक्त पाठ्यपुस्तक वितरण गरेको हो । यसलाई छाप्न करिब १ वर्ष लागेको छ । यसमा भीरकोटका विभिन्र संस्कृति, धर्म, कृषि, पर्यटन, भौगोलिक इतिहास ,र भीरकोटमा भएका सम्पूर्ण एतिहासिक कुराहरु यसमा समेटेर भीरकोट पाठ्यपुस्तक निर्माण गरिएको हो । ’’

स्थानीय तहको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा नेपालको शैक्षिक गैरसरकारी संस्था साभ नेपालले गरेको हो। संस्थाको सहजीकरणमा २० भन्दा बढी पालिकामा पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक लेखनको काम भैरहेको साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !