सवारी आयात प्रतिबन्धका कारण नाडा अटो शो स्थगित हुन सक्छ: अध्यक्ष थापा
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुनेगरि १० प्रकारका सामाग्री आयात गर्न रोक लगाएको छ । त्यसमा सरकारले दुई पांग्रो सवारी साधानमा थप कडाईं गर्दै चारपङग्रे सवारीको आयातमाथि अनिश्रित समयसम्म प्रतिबन्ध गरेको हो ।
२०७९ वैशाख १६ गते आयात कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्र सामाग्राीको आयातमा रोक लगाएको थियो । तर शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।
उक्त निर्णयमा आफूहरु निरुत्साहित भएको नाडाका सभापति धुव्र थापाले बताए । सरकारले सवारी साधानमा लगाएको बन्देजका कारण भैदामा हुने नाडा अटो शो स्थगित हुन सक्ने सम्भावना बढी भएको थापको भनाइ छ ।
थापाका अनुसार अटो शोमा धरौटीमा गाडी ल्याउन सकिने विकल्प रहेको कारण शोकै लागि भने समस्या नपार्ने उनले बताए । उनले भने, “आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन। गाडी निर्माता कम्पनीबाट धरौटीमा वा भन्सार शुल्कपछि भुक्तानी गर्ने सर्तमा गाडी ल्याउन सकिन्छ तर प्रतिबन्ध थपिदैँ गयो भने धरौटीमा ल्याउन समस्या हुन्छ । ’’
आयातमा प्रतिबन्धका कारण शो रुमहरु बन्द गर्ने अवस्था पुगेकाले उनीहरुलाई राहातको व्यवस्था गर्न सरकारसँग माग गरेका थापाले बताए । यदि सरकारले उनीहरुलाई केही राहात दिने निर्णय गरेन भने, शोरुमहरुले सटर बन्द गरेर बस्ने अवस्था आउने थापाले जानकारी दिए ।








