१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ४ पुग्यो

प्रकाशित मिति :  27 March, 2020 8:02 pm


Coronavirus blood test concept. Doctor hands in medical gloves holding test tube with blood for Coronavirus analysis over laboratory desk. 2019-nCoV Coronavirus originating in Wuhan, China

काठमाडौं, १४ चैत्र ।

नेपालमा शुक्रबार अर्को १ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित भेटिएका छन्।संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा  कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताए। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनाइ छ।

अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये ४ जनामा कोरोना पुष्टि भएको हो। माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका व्यक्ति भने उपचारपछि घर फर्किएका छन्।



प्रतिक्रिया दिनुहोस !