६ जेष्ठ २०८१, आइतबार

नेप्से परिसूचक १८ अंकले बढ्यो, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

प्रकाशित मिति :  18 July, 2022 3:32 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ३४ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन बरूण हाइड्रोका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त फण्डको मूल्य ५.९० रूपैयाँले घटेको छ ।
कूल २११ वटा कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !