६ जेष्ठ २०८१, आइतबार

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

प्रकाशित मिति :  18 July, 2022 4:07 pm


काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा पुगेर राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

आईजीपी धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए । तर गत शुक्रबार सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा नपरेपछि राजीनामा दिएका हुन् ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । उनले पुनः बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले भने अश्वीकृत गरेका थिए ।

पोखरेलको कार्यकाल यही साउन २० गतेसम्म मात्र रहेको हुनाले यहिी महिनामै उनी स्वतः अवकाश हुँदै थिए ।



प्रतिक्रिया दिनुहोस !