२९ मंसिर २०८२, सोमबार

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर घाइते भएका खनालकाे मृत्यु

प्रकाशित मिति :  18 July, 2022 5:32 pm


संकेतिक फाइल फोटो

अर्घाखाँची । अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय टंकप्रसाद खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडाध्यक्ष भिमलाल खनालले जानकारी दिए ।

असार १९ गते दिउँसो मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।

गाउँपालिकाका अधिकांश स्थानमा बाँदरले घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुका साथै नष्ट गर्दै आएको छ । बिहानदेखि साँझसम्म मकैबारीको सुरक्षामा लागि परे पनि बाँदरबाट मकै जोगाउन नसकिएको किसानको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !