६ जेष्ठ २०८१, आइतबार

टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक

प्रकाशित मिति :  18 July, 2022 5:44 pm


काठमाडाैं । टाटा मोटरकाे नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बि एस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

“प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको छ ।

२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बि एस ६ को टर्क अत्यन्त प्रभावकारी रहेको छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ ।

हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भन्छन्, “नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं ।

टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशक देखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौ ।” सिप्रदी ट्रेडिङ्गले दशकौ देखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ ।

सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ ।

विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति गरेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !