२१ बैशाख २०८१, शुक्रबार

प्रमुख कृषि बालीको उत्पादन घट्यो, फलफूल र मसलामा किसानको आकर्षण

प्रकाशित मिति :  19 July, 2022 12:25 pm


काठमाडौं । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको कुल क्षेत्रफल ०.५ प्रतिशतले बढेपनि कुल उत्पादन भने २.५ प्रतिशतले घटेको तथ्याकं सार्वजनिक भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको गत अर्थिक वर्षका अर्धवार्षिक समिक्षा प्रतिवेदनमा क्षेत्रफल ०.५ प्रतिशतले बढेको र उत्पादन समग्र रुपमा २.५ प्रतिशतले घटेका उल्लेख छ । ०७७/७८ को सोही अवधिमा यस्ता बालीको उत्पादन २.२ प्रतिशतले बढेको थियो ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ०.४ प्रतिशतले बढेको छ । ०७७/७८ को सोही अवधिमा यस्तो क्षेत्रफल १.६ प्रतिशतले बढेको थिया । समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीले ओगटेको क्षेत्रफल सबैभन्दा धेरै (३८.५ प्रतिशत) रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल ०.७ प्रतिशतले घटेकोछ । ०७७/७८ को सोही अवधिमा उक्त क्षेत्रफल ०.१ प्रतिशतले बढेको थियो।

फलफूल तथा मसला बालीमा किसानका आकर्षण बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फलपूmल तथा मसला बालीले ढाकेको क्षेत्रफल ३.१ प्रतिशतले बढेको छ । ०७७/७८ को सोही अवधिमा यस्ता बालीले ढाकेको क्षेत्रफल २.५ प्रतिशतले बढेको थियो ।

अन्य बालीकाे उत्पादन घट्दो
नेपालमा अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसला) को कुल उत्पादन २.५ प्रतिशतले घटेको छ । ०७७/७८ को सोही अवधिमा यस्ता बालीको उत्पादन २.२ प्रतिशतले बढेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा खाद्य तथा अन्य बाली उत्पादन ३.३ प्रतिशतले घटेको छ । सो अवधिमा तरकारी उत्पादन २.१ प्रतिशतले घटेको हो । ०७७/७८ को सोही अवधिमा तरकारी उत्पादन २.७ प्रतिशतले बढेको थियो।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा फलफूल तथा मसला बालीको समग्र उत्पादन भने ३.८ प्रतिशतले बढेको छ । गत वर्षकोसोही अवधिमा यस्तो उत्पादन २.५ प्रतिशतले बढेको थियो । तथ्याकं अनुसार पछिल्लो समय अन्न बाली उत्पादन गर्ने किसानहरुकाे आकर्षण फलफूल तथा मसला खेतीमा बढेका देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !