१० पुस २०८२, बिहिबार

जोरपाटीमा बोरिङ खन्दा निस्कियाे लेदो माटोसहित पानीकाे फाेहाेरा

प्रकाशित मिति :  19 July, 2022 2:54 pm


काठमाडौं । काठमाडौंको जोरपाटी बोरिङ खन्रे क्रममा लेदो माटोसहित पानीकाे फाेहाेरा निस्किएको छ । घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रहरीका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदो माटोसहित पानीकाे फाेहाेरा निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट मोटोसहितकाे पानीकाे फाेहाेरा निस्किरहेको छ । पानीकाे फाेहाेरा तीन तला माथिसम्म पुगेको छ ।

घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !