प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता
प्रकाशित मिति : 19 July, 2022 3:10 pm
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा गरिरहेका डा. भट्टराईले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको स्रोतले जनाएको छ ।
दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।








