लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोहोरा दोस्रो कार्यकालका लागि नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा दोस्रो कार्यकालको लागि नियुक्ति भएका छन् । बोहोरा साउन २ गते देखि लागु हुने गरी ४ बर्षको लागि नियुक्त भएका हुन् ।
उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको, बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको र बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको उल्लेख गरेको छ ।
चार बर्षमा बैंकका शेयरधनीहरुलाई कुल ६०.७५% लाभांस वितरण गरिएको र बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम साथै शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको बैंकले जानकारी दिएको छ । बोहराले भारतको इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. सम्मको योग्यता हासिल गरेका छन् भने बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गर्दै आएका छन् ।
बोहोरा ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छे« बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए ।
उनले तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।








