१ पुस २०८२, मंगलबार

काठमाडौंमा ट्राफिक नियन्त्रण तालिम सञ्चालन

प्रकाशित मिति :  20 July, 2022 11:56 am


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४४औं प्रहरी हवल्दार र प्रहरी जवान समूहको ट्राफिक नियन्त्रण तालिम मंगलबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

उक्त अवसरमा प्रहरी उपरीक्षक संजिव शर्मा दासले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गरेका थिए ।

ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा शर्माले जोड दिएका थिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान ४३ जना १ जना महिला सहित कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !