१ पुस २०८२, मंगलबार

स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

प्रकाशित मिति :  21 July, 2022 11:51 am


संकेतिक फाइल फोटो

स्याङ्जा । स्याङ्जाको गल्याङ् नगरपालिका ६ पेलाकोटमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । पेलाकोटस्थित सिंचाइ पोखरीमा परेर पेलाकोटकी ३३ वर्षीया बिन्दु गुरुङ र ४ वर्षकी सोफिया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बुधबार साँझ ५ बजे खेल्दै जाने क्रममा कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया पोखरीमा परेकी थिइन् । पोखरीमा सोफियालाई देखेर निकाल्न जाँदा स्थानीय बिन्दु गुरुङ पोखरीमा पसेकी थिइन् ।

पोखरीमा डुबेर घाइते अवस्थामा रहेका दुवैलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको भए पनि डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !