१२ श्रावण २०८१, शनिबार

कोरोनाका कारण इटलीमा २४ घण्टामा ९ सय १९ जनाको मृत्यु,अमेरिकामा संक्रमितको संख्या एक लाख

प्रकाशित मिति :  28 March, 2020 7:52 am


एजेन्सी, १५ चैत।

कोरोना भाइरसका कारण इटलीमा पछिल्लो २४ घण्टामा ९ सय १९ जनाको मृत्यु भएको छ ।

इटलीमा कोरोना भाइरस फैलिएपछि एकै दिन सबैभन्दा धेरैको मृत्यु भएका हो । यो संगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या इटलीमा ९ हजार १ सय ५४ पुगेको छ ।

संक्रमणको संख्या ८६ हजार ५ सय पुगेको छ ।

युरोपमा इटली कोरोना भाइरसको सबैबन्दा धेरै चपेटामा परेको छ । पुरै देशमा सबथोक बन्द छ भने नागरिकहरु घरमै बन्दी भएका छन् । अधिकारीहरुले देशभर भइरहेको लकडाउन थप लम्बिन सक्ने छ । इटलीमा सबैभन्दा प्रभावित क्षेत्र लेम्बार्डीमा मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको छ । इटलीपछि स्पेन कोरोनाको संक्रमणमा परेको छ । हरेक दिन मृत्यु हुनेको संख्या बढेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय ६९ जनाको मृत्यु भएको छ तर संक्रमितको दरमा भने केही कमि आएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या १ लाख भन्दा धेरै पुगेको छ । अहिलेसम्म विश्वभर २७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ६ लाख नजिक पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !