१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज उप-महानगरपालिकाद्धारा टोल फ्रि नम्बर सञ्चालन, कोरोना आइसोलेशन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माग

प्रकाशित मिति :  28 March, 2020 8:54 am


बाँके, १५ चैत।

नेपालगञ्ज उप-महानगरपालिकाले कोरोनाभारइसलाई मध्यनजर गर्दै पैसा नलाग्ने टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । कोरोनासंग सम्बन्धित जानकारी दिन वा लिन भन्दै उप-महानगरपालिकाले टोल फ्रि नम्बर १६६०८१५२०५२ सञ्चालनमा ल्याएको हो । यो नम्बरमा फोन गर्दा भेरी अस्पतालका डाक्टरराजन पाण्डे, स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठ, नेपाली सेनाका क्याप्टेन विकास र नेपालगञ्ज उपमहानगरपालिकाका राम बहादुर चन्द सिधै सम्पर्कमा आउने उप-महानगरपालिकाले जनाएको छ ।

यसैबीच, बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना आइसोलेशन अस्पतालका लागि भेरी अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको माग गरेको छ । पहिले आउनेलाई प्राथमिकता दिने नीति तय गर्दै एक महनिाका लागि करारमा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको हो ।

आइसोलेशन अस्पतालका लागि १७ जना कन्सल्टेन्ट फिजिसियन, मेडिकल अधिकृत २४ जना स्टाफ नर्स ४२ जना र बायो मेडिकल टेक्निसियन १ जना माग गरेको हो । शैक्षिक योग्यता, मेडिकल काउन्सिल दर्ताको प्रमाणपत्रसहित तीनदिन भित्र सम्पर्क गर्न भन्दै अस्पतालले सूचना जारी गरेको हो । भेरी अञ्चल अस्पतालले तत्काललका लागि एक महिनाको करार भनेपनि आवश्यकता अनुसार ३ महिनासम्म थप्न सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !